मौनता - Nepali Group Japan

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, 21 September 2020

मौनता

मौनता

ब्रेक नलागेर,

छ चलेको। चलेको। चलेको।

एउटा मौनता।

दलीनमा झुन्डिएर कराई रहेको रेडियो जस्तो।

आँगन छेउ, आरुको रुखमा झिजीएको झ्याईकिरी जस्तो।

छ चलेको। चलेको। चलेको।

लाग्छ~

नरोकिए दुर्घटना होला जस्तो।

ब्रेक फेल भएको गाडी जस्तो।

छ चलेको। चलेको। चलेको।

नबोलेरै ठुस्सेर बस्ने।

ओई मौनता~

भन न—

                                                         के तिमीलाई पनि लाग्छ मलाई जस्तो?

@खनाल जी 




Post Bottom Ad

Responsive Ads Here

Pages