प्रधानमन्त्री शिन्जो आबेले नयाँ प्रधानमन्त्री योशिहिदे सुगालाई सहयोग गर्ने प्रतिवद्दता - Nepali Group Japan

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, 21 September 2020

प्रधानमन्त्री शिन्जो आबेले नयाँ प्रधानमन्त्री योशिहिदे सुगालाई सहयोग गर्ने प्रतिवद्दता

जापानका निवर्तमान प्रधानमन्त्री शिन्जो आबेले नयाँ प्रधानमन्त्री योशिहिदे सुगालाई सहयोग गर्ने प्रतिवद्दतासंगै सम्पूर्ण नागरिकहरुलाई धन्यवाद दिएका छन् । आवेले जनताहरुसँग मिलेर विभिन्न चुनौतीको सामना गर्न पाएकोमा सम्मान महसुस गरेको अभिव्यक्ति सहित सम्पूर्ण जापानी नागरिकहरुलाई धन्यबाद दिएका हुन् । उनले सन २०११ मा गएको भूकम्प, सुनामी तथा आणविक प्रकोपबाट भएको क्षतिहरुलाई पुनः निर्माण गर्न सक्दो प्रयास गरेको पनि बताए । उनलेमौद्रिक नीति, वित्तीय नीति र संरचनात्मक सुधार ( आबेनोमिक्स ) नीति प्रयोग गरि करिब ४० लाख जनालाई रोजगार दिन सफल भएको बताए । जागिरे अभिभावकहरुलाई सहजताको लागि डे केयर सर्भिस सुरु गरेको र निःशुल्क शिक्षालाई पनि बिस्तार गरेको उल्लेख गरे । सुरक्षा कानून पारित गरि जापानलाई आत्मरक्षाको अधिकार प्रयोग गर्न सक्षम बनाएको कुरा पनि बताए । बिबिसी नेपालीबाट

Post Bottom Ad

Responsive Ads Here

Pages