अन्तर्वार्ता फर्म (रिरेक्क्सो ) लेख्ने तरिका र ध्यान दिनुपर्ने कुराहरु - Nepali Group Japan

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Monday, 21 September 2020

अन्तर्वार्ता फर्म (रिरेक्क्सो ) लेख्ने तरिका र ध्यान दिनुपर्ने कुराहरु

जापानमा काम कसरि खोज्ने र काम अन्तर्वार्ता अघि पुष्टिको लागि अन्तर्वार्ता कसरि दिने र ध्यान दिनुपर्ने कुराहरु र बायोडाटा कसरि लेख्ने भन्ने बारेमा जानकारी छु। अन्तरबार्तामा ध्यान बिशेविशेषगरी निम्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ   




माथिको फर्म जापान मा अन्तवार्तामा पर्योग हुने सामान्य फर्मको उदाहरण हो। ध्यान दिनुपर्ने कुराहरु -प्रिन्ट अथवा हस्तलिखित जुन पर्योग गरदपानी हुनेछ। -कालो कलमको पर्योग गर्नुहोस। -अंग्रेजी अथवा जापानिज•(西暦と和暦 ) Seireki to wareki मिति जुन पर्योग गरदपानी हुनेछ। -जॉब हंटिंग / जॉब चेंज गर्दै हुनुहुन्छ भने जापानिज शैलिको फर्म को पर्योग गर्नुहोस। -फर्म लेख्दा बिक्रियो भने नकेर्ने र टिपेक्सले नामेत्नुहोस। यदी केर्ने अथवा मेटने गर्नुभयोभने उसलाई हामीले राखेमा भबिस्यमा राम्रो सग काम गर्न सक्दैन भन्ने सोच पर्ने भएकोले बिग्रिएमा नयाँ फर्म भर्नुहोस्। फर्म लेख्ने तरिका 
①मिति (履歴書の日時) 
यदी फर्म मेल , हुलाक अथवा अन्तर्वार्ता को दिनमा लिएर जानु हुन्छ भने तेही दिनको मिति लेक्नुहोस। अंग्रेजी मिति (2020/01/01)अथवा जापानिज हेइव (01/01/01) जुन मिति पर्योग गर्दा पनि हुन्छ तर सुरुमा लेखेको मिति अनुसार अन्ते सम्म लेकमिहोस। 
② नाम रोमाजीमा र जापानिजमा (名前とフリガナ)
नाम सफा ,राम्रो र ठुलो अक्षरमा र जाईरो कार्ड अथवा राहदानीमा लेखिएको अनुसार(जात ,नाम र बिचको नाम) लेख्नुहोस। 「フリガナ」लेखेको ठाउमा जापानिज भाषा कताकाना मा लेक्नुहोसा 「名前 」लेखेको ठाउमा रोमाजी अथवा अंग्रेजी मा लेख्नुहोस।
  ③जन्म मिति (生年月日) 
जापान मा जन्मेको बर्ष लाई ० बर्ष र दोस्रो बर्ष १ बर्षको मानिने भएकोले जापानिजको अनुसार लेक्नुहोस। सुरुमा मिलि लेख्दा अंगेजी 西暦 अथवा जापानिज 和暦 जुन अनुसार लेख्नुभएको छ जन्म मिति पनि तेही अनुसार लेक्नुहोस। 
④ आईडी फोटो(証明写真) 
आईडी फोटो धेरै पुरोनो फोटो प्रयोग नगर्नुहोस। फोटो मेसिन बाट अथवा आफ्नै मोबिले बाट खिचेर निकाल्न सक्नु हुनेछ। फोटो को पृष्ठभूमि सेतो निलो खैरो मा उत्तम हुनेछ। धेरै गाडा मेकअप र गरगहना नालागयोको हुनुपर्ने छ। स्याँइन को अन्तर्वार्ता को लागि कालो अथवा हल्का निलो सुट मा सेतो अथवा हल्का निलो सर्ट पर्योग गर्नुहोस। लामो कपाल रोम्रो सग बाटेर निधार मा कपाल नझार्नु होस। अरुबाइतो को लागि नर्मल डेर्स मा पनि हुनेछ कालो अथवा हल्का निलो मा भयो भने राम्रो हुनेछ।
  ⑤ शैक्षिक पृष्ठभूमि 学歴 High school graduation「高校卒業」 
पछि को मात्र लेक्नुहोस। admission「入学」 र graduation 「卒業」 मिति ,इस्कुल या कलेज को ठेगाना राम्रो र स्पस्ट लेख्नुहोस। 
6 कार्य अनुभब 職歴(職務経歴) 
अहिले सम्म काम गरेको अनुभब लेक्नुहोस। काम सुरु गरेको र काम छोडेको मिति राम्रोसग लेक्नुहोस। स्यईन को लागि हो भने पार्ट टाइम काम गरको अनुभब नलेक्नुहोस। पार्ट टाइम कामको लागि हो भने लेक्नुहोस। आफुले गरेको काम को अनुभब र आफुले कुन काम को लागि आबेदन दिन लाग्नुभएको हो राम्रोसग बुजनुहोस। जस्तै : होटेल मा Customer service काम गर्नुभएको छ भने होटलमा फ्रन्ट डेस्कको लागि आवेदन दिंदा को लागि उपयुक्तता हुन्छ। तर रेस्टुरेन्ट मा गरेको छ भने त्यो नालेकनुहोस। कम्पनि ले चाहेको भन्दा फरक पर्न गएकोले गलत हुनेछ। यदि तपाईं आफ्नो रोजगार अनुभव , इंटर्नशिप अनुभव अपील गर्न चाहनुहुन्छ भने⑪ 自己PRや志望動機 जिको pr बन्ने ठाउमा लेख्न सक्नुहुनेछ। यदी छोटो समय काम गरेर छोड्नु भएको छ भने त्यो पनि कारण सहित लेख्नुहोस। जस्तै : नेपाल फर्कन ,बिरामी भएर ,सम्झौताको अवधि सकिएर आदि। व्यक्तिगत परिस्थिति अथवा कम्पनि को परिस्थिति पनि लेख्न सक्नुहुनेछ। जापान भन्दा बाहिरको कार्य अनुभब भएमा बरकेट दिएर लेकनुहोस। र अन्तेमा इज्यो 「以上」लेख्नुहोस । 
  ⑦ भाषा स्किल्ल्स (語学スキル)
आफुले बोल्न र लेख्न जानेको भाषाहरु सबै लेक्नुहोस। कुनै भाषा सम्बन्धि परीक्षा दिनु भएको छ भने मिति र आएको नम्बर पनि उल्लेख गर्नुहोस।
  ⑧कम्प्युटर ईस्किल र IT टेक्नोलोजी (PCスキルやIT技術) 
यो आवसेक परको कामको लागिलेख्नुहोस नत्र नलेख्दा पनि हुन्छ। जस्तै : Microsoft office system: Excel, Word, PowerPoint, and Access etc . Graphic system: illustrator, Photoshop, InDesign, etc. CAD: Jw-cad, AutoCAD, VectorWorks, REVIT, Inventor, CATIA, SOLIDWORKS, etc. IT engineer: language used, OS, DB etc. भर्नुहोस। 
  ⑨ लाइसेंस · योग्यता (प्रमाणपत्र ) (免許・資格) 
 यदी जापानको अथवा नेपाल को लाइसेन्स छ भने लेख्नुहोस। यदी छैनभने छैन लेख्नुहोस। यदी अहिले लिदै हुनुहुन्छ भने ⑪ को परिचय मा लेख्न सक्नुहुनेछ। 
  ⑩रुचि र विशेष सीपहरू (趣味や特技) 
 यदि तपाईंसँग रुचि वा विशेष सीपहरू लेख्नुहोस्।यदी अहिले लिदै हुनुहुन्छ भने ⑪ को परिचय मा (新卒・中途)लेख्न सक्नुहुनेछ।
  ⑪आफ्नो परिचय र मोटिबका कुराहरु ( 自己PRや志望動機) 
परिचय , आफु सग भएको सीपहरु ,गर्न सक्ने कार्यहरु लेक्नुहोस। र अन्तर्वार्ता लिने व्यक्तिलाई अफुपर्ती आकर्सक गर्ने मोटिबका कुराहरु लेख्नु होस। सकभर अन्तर्वार्ता दिन लाग्नुभएको कम्पनीको कामसगा मिल्द जुल्दा कुराहरु लेक्नुहोस। 
  ⑫ वर्तमान अवस्था (現在の状況) 
 बस्ने ठाउको नजिकको स्टेशन को नाम ,लाग्ने समय ,तपाइको कमाइम आश्रीत परिवारको संख्या र बिबाहित हुनुहुन्छ भने बिबाहित मा 〇 गोलो लागौनुहोस। फुयुमा राख्न चाहनुहुन्छ भएमा भर्नुहोस।

 हामी नियमित रूपमा यस्तै नयाँ जानकारी मुलक लेखहरु लिएर आउनेछु र तपाईहरुथप विभिन्न कुराहरुको जानकारी दिनेछौ ।




Post Bottom Ad

Responsive Ads Here

Pages