पात (𝖕𝖆𝖙
—————————
नाङ्गीएका त हाँगाहरु थिए, शिशिरमा।
यता मेरो मन लुग~लुग काँपी रह्यो।
••
नहोस के! उसलाई केही नहोस,
भगवान!
हाँगाबाट चुडिई खसेको पातलाई,
केही नहोस।
••
प्रदेशीयको प्रियको प्रतिक्षामा
प्रिया हर साँझ क्षितिज हेर्छे,
घाम डुब्न जाने झिम्रुकको लेक तिर!
••
बसन्त आउछ र फेरी भरिन्छन हाँगाहरु।
प्रियाको यादमा प्रेमी जस्तै।
हिउँद आउछ र फेरी फूल्छन आरुहरु!
••